स्वास्थ्य बीमा कार्यक्रम फाल्गुन महिनादेखि रामेछापमा पनि लागू हुने

 बिहिबार, मंसिर २८, २०७४ | onlinenews

राजिव कार्की


‘स्वास्थ्य बीमा कार्यक्रम’लाई फाल्गुन महिनाभित्र रामेछापमा पनि पनि विस्तार गरिने भएको छ ।
आउँदो तीन वर्षसम्ममा देशका सबै नागरिकलाई ‘स्वास्थ्य बीमा कार्यक्रम’मा समेट्ने सरकारको रणनीतिअनुसार आउँदो फाल्गुन महिनाभित्र स्वास्थ्य बीमा कार्यक्रमलाई रामेछापमा पनि विस्तार गरिने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।
सदरमुकाम मन्थलीमा सरोकारवालाहरुसँग छलफल गर्दै जिल्लाका प्रत्येक स्थानीयतह मार्फत यो कार्यक्रमलाई आगाडी बढाइने जनाएको हो । त्यसको लागि स्थानीय स्तरमा कार्यरत महिला स्वयंसेविका, अनमी वा दश जोड दुई पढेकाहरुलाई सूचीवद्ध गरिनेछ ।

त्यही सूचीको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखको अध्यक्षतामा गठित समितिले त्यसमध्यका उम्मेदवारहरुलाई छनौट गरी अन्तर्वार्ता गर्ने र अन्तर्वार्तामा पास भएका निश्चित व्यक्तिहरुलाई सरकारद्वारा बीमा सम्बन्धी तालिमको व्यवस्था गरिने छलफलमा बताइएको छ । तालिम प्राप्त व्यक्तिहरुले घर–घरमा गएर बीमा गराएपछि बीमा कार्यक्रममा आवद्ध हुने प्रत्येक व्यक्ति बीमाका सदस्य बन्नेछन् ।
सबै सदस्यहरुलाई सरकारद्धारा परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशूल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइनेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरिका

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४ सय २५ रुपैयाँका दरले शूल्क बुझाउनु पर्नेछ ।बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको पनि सो समितिले जनाएको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतका शूल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशूल्क औषधी प्राप्त गर्न सक्नेछन् ।तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाइने छैन । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

७० हजार सदस्य आवद्ध

सरकारले करिब दुई वर्ष अघि सञ्चालनमा ल्याएको बीमा कार्यक्रममा हाल ७० हजार भन्दा बढी मानिस आवद्ध भइसकेका छन् । त्यसमध्य झण्डै २० प्रतिशतले सरकारले तोकेको विभिन्न अस्पतालबाट उपचार सेवा लिइरहेका छन् ।

प्रतिकृया

Add