एसिसी यु–१६ क्रिकेटमा आज नेपाल मलेसियासँग भिड्ने

 शनिबार, पुस १, २०७४ | onlinenews

काठमाडौं– सोह्र वर्षमुनिको एसिसी पूर्वि क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार मलेसियासँग खेल्दैछ ।
थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्ड सहित हङकङ र म्यानमार रहेका थिए ।
यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए । प्रतियोगितामा अपराजित रहेको नेपालले समू चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

प्रतिकृया

Add