प्रदेश प्रमुख नियुक्ति नगर्न सरकारलाई ओलीको चेतावनी

 शनिबार, पुस १, २०७४ | onlinenews

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नलिने ओलीको चेतावनी छ ।
शनिबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’
‘जो पाए त्यहीबाट सपथग्रहण गर्दैनौं जनमतले जे भन्छ, त्यही ग¥छौं ओलीले भने ।’ चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उनले देउवाको आलोचना समेत गरे । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै ‘खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु सत्तालिप्सा भएको बताए ।
उनले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको उनको आरोप छ ।
‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’
एमाले अध्यक्ष ओलीले सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनु नपर्ने दाबी गरे । उनले भने, ‘कानुनको खोचे थापेर जनताको अभिमतलाई अवमुल्यन गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित प्रयोग शोभनीय हुँदैन ।’

प्रतिकृया

Add