राजकुमार ह्यारीको बिहे १९ तारिखका लागि तोकियो

 शनिबार, पुस १, २०७४ | onlinenews

पुष १ –बेलायतका राजकुमार ह्यारी र मेघान मार्कलको बिहेको मिति निश्चित भएको छ । अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उउनीहरुको औपचारिक विवाह हुने मिति तय भएको हो ।
केन्जिङ्टन राजदरबारको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनीहरुको विवाह सेन्ट जर्ज चापेल विन्डसर महलमा हुनेछ ।
वैवाहिक समारोहमा सांगीतिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्बिर पहिलो पटक सार्वजनिक भएको थियो ।
उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउने भएका छन् । विवाहपछि उनीहरू केन्जिङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेछन् । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन् ।

अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । रासस

प्रतिकृया

Add