ओलीलाई बधाई दिन महानायक हमाल बालकोट पुगे

 शनिबार, पुस १, २०७४ | onlinenews
Share this

भक्तपुर– वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएपछि महानायक राजेश हमाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिन बालबोट पुगेका छन् ।
हमालले देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् । शनिवार ओली निवास बालकोट पुगेर हमालले वामगठबन्धले दुई तिहाई ल्याएकोमा आम नेपालीहरु उत्साहित भएको बताए ।
अध्यक्ष ओलीले देश र जनताले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारीबाट विमुख नहुने बताए । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ।
‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ओलीको भनाई थियो ।’
ओलीले चलचित्रका हिरोहरुले चलचित्रमा अभिनय मात्र नभई देश बनाउनका लागि साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने समेत बताए ।

Share this

प्रतिकृया

Add