ग्यास उद्योगमा आगलागि दुईको मृत्यु ३ घाइते आगो अझै नियन्त्रण बाहिर

 बुधबार, पुस ५, २०७४ | onlinenews

वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि आगो निभाउन पुगेका अग्नि नियन्त्रक मधुसुदन मिश्र र दमकलका चालक यादव अधिकारीको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन जाँदा जलेर घाइते भएका वीरगंज वारुणयन्त्रका कर्मचारी भोजपुरका सञ्जीव नेपाल र वीरगञ्ज महानगरपालिकाका अरुण महतोलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
कम्पनीका कर्मचारी बारा प्रसौनीका अमिका राउत कुर्मको भने हेल्थ केयर अस्पतालमै उपचार भैरहेको छ । आगो अझै नियन्त्रण बाहिर छ । ग्यासमा लागेको आगो भएकाले पानीले निभाउन समस्या भएको अग्नि नियन्त्रकले बताएका छन् ।

प्रतिकृया

Add