बंगलादेशको एक होस्टेलमै नेपाली छात्राको मृत्यु

 बुधबार, पुस ५, २०७४ | onlinenews

अध्ययनको सिलसिलामा बंगलादेशको ढाकामा रहेकी एक नेपाली छात्रा आपूm बसेको होस्टेलमै मृत आवस्था फेला परेकी छन ।
ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षिय छात्रा विनिशा साह होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।
ती छात्रा शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । दुतावासका अनुसार साहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए ।
प्रहरी मार्फत दुतावासमा खबर आएपछि आफन्तलाई दूतावासले जानकारी गराएको थियो । मृत छात्राको cialis pas cher साथीहरुले दिएको जानकारी अनुसार परीक्षा हलबाट निराश हुँदै होस्टेलको कोठामा फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
कलेज सञ्चालक अब्दुल गफुरले ट्युसन फि समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको मृतक छात्राका साथीहरुलाई उद्धृत गर्ने दुतावासले जनाएको छ ।
सेकेन्ड टर्मको परीक्षाको प्रवेश–पत्र लिनका लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले बखर लेखेको छ ।
कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको हुनुसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया

Add