एमालेले सरकार गठन र पार्टी एकताबारे निर्णय गर्दै

 बिहिबार, पुस ६, २०७४ | onlinenews

निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेको बिहीबार स्थायी समिति बैठक आएको छ । वर्तमान राजनीतिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने बारे छलफल गर्न बैठक बोलाएको एमालेले जनाएको छ ।
एमाले नेता सुवास नेम्वाङकाअनुसार पार्टी एकतासँगै सरकारको नेतृत्व र पद तथा जिम्मेवारी बाँडफाँडको विषयमा बैठकमा छलफल हुनेछ । बर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउन लागेको विषयमा समेत एमालेले आफ्नो धारणा बनाउने छ ।
नेम्वाङले अध्यादेशको राजनीतिक विषय भएकाले एमालेले छलफल बाटै समाधान खोज्न चाहेको बताए । उनले सरकारले छलफलका लागि चासो नदिनु दुःखद भएको पनि बताए । सरकारले छलफल नगरे प्रमुख दलको हैसियतमा एमाले नै छलफलका लागि अग्रसर हुने नेम्वाङको भनाई छ ।

प्रतिकृया

Add