संयुक्त राष्ट्रसंघ महासभाद्धारा अमेरिकी निर्णय अस्वीकार

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

संयुक्त राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गरेको छ । प्रस्ताव अस्वीकार गर्नेमा १ सय २८ मुलुक थिए भने समर्थन गर्नेमा जम्मा ९ वटा मुलुकमात्रै थिए ।
अरु ३५ मुलुक भने मतदानमै अनुपस्थित रहे । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी निर्णयको विपक्षमा उभिने मुलुकलाई आर्थिक सहयोगमा रोक लगाउँने धम्की दिएका थिए ।
मतदानपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यो प्यालेस्टिनीहरुको जित भएको बताएका छन् । उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्या न्याहुको कार्यालयले महासभाको निर्णय अस्वीकार गर्ने जनाएको छ ।
क्यानडा र मेक्सिको मतदानमा अनुपस्थित रहँदा फ्रान्स, बेलायत, जर्मनी र जापानजस्ता अमेरिकी निकट सहयोगी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्ताव बाध्यकारी नमानिए पनि ट्रम्प प्रशासनका लागि यो निकै ठूलो धक्का हो ।
अरब र मुश्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपत्कालिन सत्र बोलाइएको बारे निर्णय लिइएको हो । मस्यौदा प्रस्तावमा जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएको छ । नेपाल, भारत, चीन जस्ता मुलुकले पनि प्रस्तावको विपक्षमा मत दिएका छन् ।

प्रतिकृया

Add