मुख्य राजमार्गमा अटो रिक्सा चलाउन नपाइने

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

यातायात व्यवस्था विभागले इटहरीका मुख्य राजमार्गमा सिटी सफारी (अटो रिक्सा) सञ्चालनमा रोक लगाएपछि त्यसको विरोधमा सफारी सञ्चालकहरु आन्दोलित भएका छन् ।
उनीहरुले निर्वाध रुपमा राजमार्गका रुट भएर सेवा दिन पाउनु पर्ने माग राख्दै इटहरी चोकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सबै खालका यातायातका साधन समेत अबरुद्ध भएको छ ।
यातायात खुलाउने प्रयास स्वरुप क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा दुई पक्षबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन । यातायात व्यवस्था विभागले बिहीबारबार गरी मुख्य राजमार्गमा सिटि सफारी सञ्चालनमा रोक लगाएको छ ।

प्रतिकृया

Add