रामेछापमा पूर्व वडा अध्यक्षको हत्या

 सोमवार, पुस १०, २०७४ | onlinenews

रामेछाप जिल्लाको दोरम्वा–२ का पूर्व वडा अध्यक्षको बाबुराम तामाङको हत्या भएको छ । ४८ वर्षिय तामाङको गत राति हत्या भएको हो ।
तामाङको हत्या गरि दोरम्वा गाउँपालिका–१ को थापागाउँमा ढुङ्गाले किचेर राखिएको आवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक बाबुराम २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उनको हत्या कसले ग¥यो भन्ने पत्ता लाग्ने सकेको छैन । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटना गएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add