खाँडादेविमा क्षमता अभिवृद्धि तालिम

 बुधबार, पुस १२, २०७४ | onlinenews

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–७ मा वडा स्तरीय खानेपानी तथा सरसरफाई स्वच्छता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ ।
वडा स्तरीय समितिको काम कर्तब्य र अधिकारको बारेमा तालिम दिइएको हो । तालिममा खानेपानी तथा सरसफाई स्वच्छता समितिले गरेका काम तथा गतिविधिको समीक्षा पनि गरिएको छ ।
तालिममा राष्ट्रिय, क्षेत्रीय र जिल्लाको सरसफाइको अवस्था बारेमा समेत छलफल गरिएको थियो । नेपालमा सरसफाई कार्यक्रमको विद्यमान अवस्था र सरसफाइको कमिले पु¥याएको असर तथा सरसफाई गुरुयोजनाको आधारभूत विशेषताहरुमा पनि छलफल गरिएको सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनका संयोजक तिलक कार्कीले बताए ।
तालिममा पूर्ण सरसफाइको अर्थ र (५ं१) सुचकहरु, स्वस्थ घर सर्वेक्षण, व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइको बरेमा पनि छलफल भएको छ ।
सोही तालिममा वडा स्तरीय सरसफाई रणनीतिक योजना तर्जुमा, तयारी र प्रस्तुत गरिएको थियो । सरसफाई र स्वच्छता प्रवद्र्धनका लागि वडा स्तरीय खानेपानी तथा सरसरफाई स्वच्छता समन्वय समितिको जिम्मेवारी साथै कार्ययोजना तयारी समेत गरिएको छ ।
सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना द्धारा आयोजीत तालिमको सहजीकरण वास अफिसर सुकराम घिसिङ र सामाजिक परिचालक केदार श्रेष्ठले गरेका थिए ।

प्रतिकृया

Add