चिसापानीमा दुई वटा विद्यालयको भवन हस्तान्तरण

 सोमवार, पुस १७, २०७४ | onlinenews

रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा डन बस्को नामक संस्थाले निर्माण गरिदिएको छुट्टाछुट्टै दुई वटा विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
चिसापानीमा निर्माण गरिएको कालिका आधारभूत विद्यालयको २ कोठा र जगदम्बा आधारभूत विद्यालयको ९ कोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कालिका आधारभूत विद्यालयको दुई कोठे भवन निर्माणमा ३४ लाख र जगदम्बा आधारभूति विद्यालयको ९ कोठे भवन निर्माणको लागि १ करोड ५५ लाख रुपैयाँ लागेको डन बस्को सोसाइटीले जनाएको छ ।
विद्यालयको झ्याल, ढोकालगायका फर्निचरको काम अझै बाँकी रहेकाले लागत बढ्न सक्ने डन बस्को संस्था सोसाइटीको नेपालका इञ्चार्ज फादर अगेस्टीले बताए ।
भूकम्प गए लगत्तै आपूm रामेछाप आउँदा चिसापानीमा विद्यालय भवनको आवश्यकता देखिएकाले विभिन्न दातृ संस्थाहरुसँग सहयोग लिएर विद्यालय भवन निर्माण गरिदिएको अगेस्टीले बताए ।
विद्यालयको पक्की भवन बनेपछि स्थानीय अभिभावक र विद्यार्थी पनि खुसी भएका छन् । विद्यालयको भवन नहँुदा बाँसको टहरामुनी बसेर पढ्न निकै कष्ट भएको र विद्यालय भवन बनिसकेकाले अब पढाइमा समेत सहज हुने कक्षा–८ मा अध्ययनरत छात्रा निरुता खत्रीले बताइन ।
भूकम्पपछि विद्यालयको अवस्था नाजुक हुँदा पठनपाठनमा समस्या भए पनि नवनिर्मित भवनप्रति आपूmहरु ढुक्क रहेको सोही विद्यालयकी शिक्षक रमिला खत्रीले बताइन ।
विद्यालको पक्की भवन निर्माण भएकोमा आपूm लगायत सबै अभिभावकहरु खुसी भएको अभिभावक ध्रुव ढुङ्गेलले बताए । भूकम्पपछि सो विद्यालयको पठनपाठन बाँसको टहरामुनी सञ्चालन हुँदै आएको थियो ।

प्रतिकृया

Add