पशुपालक किसानलाई तीन दिने तालिम

 आइतवार, पुस २३, २०७४ | onlinenews

मन्थली÷ रामेछापको जिल्लाको सुनापति गाउँपालिकाका पशुपालक किसानलाई तीन दिने तालिम दिइएको छ । स्वच्छ दुध उत्पादन तथा आधुनिक पशुपालन सम्वन्धि पालिका स्तरीय तालिम दिइएको हो ।
किसानलाई गाई, भैसी पालनतर्फ आकर्षित गरि गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।
तालिममा ५ वटा वडाका २० जना पशुपालक किसानको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पशु विज्ञ प्रभु चौधरीले गरेका थिए ।
तालिममा आधुनिक पशुपालन, स्वच्छ दुध उत्पादन तथा पशु विमाका बारेमा प्रशिक्षण दिइएको थियो ।
तालिम उपयोगी भएको भन्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्ने तालिमका सहभागिहरुले प्रतिवद्धता जनाएका छन् ।
सुनापतिलाई १ वर्षभित्र दुधमा आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्य रहेको प्रबक्ता थापाले बताए ।

प्रतिकृया

Add