लिखु गाउँपालिकाले बनायो आफनै शिक्षा नियमावली

 आइतवार, पुस २३, २०७४ | onlinenews
Share this

राजिव कार्की


शिक्षा क्षेत्र सुधारको लागि लिखु गाउँपालिकाले आफ्नै शिक्षा नियमावली बनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि, पालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुको सामूहिक छलफलबाट नयाँ नियमावली तयार पारिएको हो ।
गाउँपालिका अन्तर्गतका विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तरीयतामा वृद्धि गर्न, शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न र वर्तमान समय सुहाउँदो शिक्षामा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ बमोजिम २३ बँुदे नियमावली तयार पारिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यसअघिको श्रोतकेन्द्र स्तरीय परीक्षा समिति भंग गरि वडा नम्वर ७ का वडाध्यक्ष सुवास बोहोरा संरक्षक र केबल तिमल्सिनको संयोजकत्वमा गाउँपालिका स्तरीय परीक्षा समिति पनि गठन गरेको छ ।
समितिको उपसंयोजकमा ध्रुवकुमार पौडेल, सचिव– गोपाल सिवाकोटी, कोषाध्यक्ष– गंगाबहादुर कार्की रहेका छन् भने सदस्यहरुमा विनोद पौडेल, सन्ध्या पौडेल, प्रकाश दाहाल, मन्जुश्री तामाङ, ब्रम्हादेव गुप्ता, कृष्णकुमार श्रेष्ठ र हरिचन्द्र महत रहेका छन् ।
त्यसैगरी पवनराज पौडेलको संयोजकत्वमा गाउँपालिका स्तरीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा विरेन्द्र सहनी, राजेन्द्र पौडेल, बेद बहादुर श्रेष्ठ, भगवती पौडेल, सन्तोष पौडेल र बिक्रम तिमल्सिना रहेका छन् । गाउँपालिकाले शिक्षा सम्वन्धि हरेक गतिविधि गाउँपालिकाबाटै गर्ने निर्णय पनि गरेको छ ।

Share this

प्रतिकृया

Add