जातीय बिभेद गर्नेलाई जरिवाना र पीडितलाई क्षतिपूर्ति

 आइतवार, पुस २३, २०७४ | onlinenews

 जिल्ला अदालत रामेछापले जातीय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने फैसला गर्नुका साथै घटनाका पीडितलाई अदालतले क्षतिपूर्ति समेत भराएको छ ।
जिल्ला अदालत रामेछापका न्यायाधिश कृष्णप्रसाद पौडेलको एकल इजालसले आइतबार जातका नाममा विभेद गर्नेलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै सो फैसला सुनाएको हो ।
जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालिका ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई गएको वर्ष मन्दिर प्रवेशमा रोक लगाएर जातीय विभेद गरेको ठहर गर्दै अदालतले सोही स्थानका ४ जनालाई दण्डित गरेको हो ।
उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गराइएको छ । अदालतले पीडितलाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश समेत दिएको छ ।
विकलाई गत वर्ष माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ जरिबाना गराई रुद्री लगाएका थिए ।
उनीहरुलाई सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि रामेछाप अदालतले दण्ड सजाय तोकेको छ ।

प्रतिकृया

Add