स्वस्थ रहि सफल बनौँ

 सोमवार, पुस २४, २०७४ | onlinenews

सभ्य समाज निर्माण गरि स्वस्थ जीवन जिउनुपर्छ
रोग भोग दुःखहटाई सभ्य नागरिक बन्नुपर्छ
फोहोर मैला अभिसाप होइन व्यवस्थापन गर्नैपर्छ
सबै मिलि गाउँ, शहर हराभरा पार्नुपर्छ

हट्ने होइन डट्नुपर्छ सुन्दरता छाउनुपर्छ
सभ्यताको सुरुवात अब हामीबाटै गर्नुपर्छ
दाजुभाई दिदिबहिनी जिम्मेवारी पूरा गरौं
बरदान हो पृथ्वी हाम्रो सुरक्षा अनि संरक्षण गरौं

अमूल्य छ जीवन हाम्रो स्वस्थ रहि बाँच्यौं भने
स्वर्ग सरि ठाउँ छ हाम्रो सबै मिली जोगायौं भने
नदिनाला, इनार कुवा पहिचान हुन गाउँका
स्वच्छ राखौं संरक्षण गरौं सम्पत्ति हुन गाउँका

सर्प, बाघ, विच्छी अनि हुरी बतास झेलिराछन्
आँउ हैजा झाडापखाला असुरक्षा भोगिराछन्
यी समस्याा जरैदेखि उखेलेर फाल्नुपर्छ
घर अगाडी चट्ट एउटा शौचालय बनाउनुपर्छ

स्वास्थ्य, शिक्षा अध्यायन गरि व्यबहारमा लागू गरौं
एक घर एक चर्पि नीति आजैदेखि लागू गरौं
स्वस्थ आहार सरसफाई अनि व्ययाम गर्ने गरौं
आजैदेखि यो धर्तिमा खुल्ला दिशा मुक्त गरौं

अन्जु तामाङ
कक्षा १०
अन्तराष्ट्रिय युवा वर्ष मा.वि. लखनपुर पुँडिघ्याङ, रामेछाप

प्रतिकृया

Add