विजुलीकोट कोटगाउँमा अन्तरविद्यालय स्तरीय बक्तृत्वकला

 बुधबार, पुस २६, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिका–९ विजुलीकोटको कोटगाउँमा मंगलबार आधारभूत विद्यालय स्तरीय अन्तरविद्यालय बक्तृत्वकला प्रतिगिता गरिएको छ ।
“भूकम्प प्रतिरोधात्मक घरको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा ६ वटा विद्यालयका आधारभूत तहमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा भट्टेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत रोजिना खड्का ३३.३ अंक ल्याएर प्रथम भएकी छन् भने भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीका रोषण मगर ३२.५ अंक ल्याएर द्दितीय र भृङ्गेश्वर माध्यमिक विद्यालय कोटगाउँका विदुर तिमल्सिना ३२.३ अंक ल्याएर तृतीय भएका छन् ।
२०७२ सालको भूकम्पपछि विजुलीकोटमा पुनःनिर्माणको काम गर्दै आएको सामुदायिक विकास समाज अन्तर्गत मेडियरले बतृत्वकला कार्यक्रमको आयोजना गरेको हो ।
पुनःनिर्माणको काम भइरहको अवस्थामा भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्यले विद्यार्थीको सहभागितामा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था मेडियरले जनाएको छ ।
मेडियरले भूकम्प दिवसलाई लक्षित गरि सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तर्गत यो पहिलो कार्यक्रम हो । सताब्यापी विद्यालय स्तरमा हाजीरिजवाफ, कविता प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुने प्रतियोगिलाई आगामी माघ २ गते भूकम्प दिवसको दिन आयोजना गरिने कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने बताइएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिकृया

Add