आधारभूत विद्यालय स्तरीय कविता प्रतियोगिता

 बुधबार, पुस २६, २०७४ | onlinenews

रामेछाप जिल्लाको लिखु गाउँपालिका–८ स्थित भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीमा बुधबार आधारभूत विद्यालय स्तरीय अन्तरविद्यालय कविता प्रतियोगिता कार्यक्रम गरिएको छ ।
“विजुलीकोटमा सिडिएस र मेडएरको योगदान” शीर्षकमा विद्यार्थीले कविता बाचन गरेका थिए ।
भूकम्प सुरक्षा दिवसको साताब्यापी कार्यक्रम अन्तर्गत सामुदायिक विकास समाज अन्तर्गत मेडएरले बुधबार विजुलीकोटको भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीमा आयोजना गरेको प्रतियोगितामा विभिन्न ६ वटा विद्यालयका १२ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीमा अध्ययनरत शुसिला महत ४४.८ अंक ल्याएर प्रथम भएकी छन् भने बृखेश्वर आधारभूत विद्यालय खोल्मगाउँका युवराज कार्की ३६ अंक ल्याएर द्दितीय र गैयाँश्वरी आधारभूत विद्यालय रातमाटामा अध्ययनरत रोजीना दाहाल ३५.६ अंक ल्याएर तृतीय भएकी छन् । कविताको पूर्णाङ्क ५० नम्बरको रहेको थियो ।
प्रतियोगितामा सहभागि विद्यार्थीले पुनःनिर्माणमा सामुदायिक विकास समाज अन्तर्गत मेडएरले विजुलीकोटमा पु¥याएको योगदानको बारेमा कविता मार्फत प्रस्तुत गरेका थिए ।
कविता प्रतियोगितको निर्णायक मण्डलको संयोजकमा सामुदायिक विकास समाजका लजिष्टिक अफिसर पशुपतिबहादुर खड्का रहेका थिए ।

प्रतिकृया

Add