प्रथम केब्स सिक्स ए साइड कप फुटबल अन्तर्गत बिहीबारको खेलमा केब्स ‘ए’ बिजयी

 बिहिबार, पुस २७, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


काठमाडौ । कुमारी आवासीय माध्यामिक बिद्यालय (केब्स) टुसालले आयोजना गरेकोे प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा आयोजक कुमारी आवासीय बिद्यालय केब्स ‘ए’ बिजयी भएको छ ।
केब्स ‘ए’ ले जया देवकोटा कलेजलाई १–० गोलले पराजित गरि जिजयी भएको हो । निर्धारित ४० मिनेटको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि दोस्रो हाफमा केब्स ‘ए’ का खेलाडी विवेक आलेमगरले गरेको गोल नै केब्सको लागि बिजयको गोल बन्न पुग्यो ।
विवेक आलेमगर खेलको म्यान अफ द म्याच समेत घोषित भएका छन् । म्यान अफ द म्याचको पुरस्कार कुमारी आवासीय माध्ययमिक विद्यालयका प्रिन्सिपल मनोज भट्टराइले प्रदान गरेका थिए ।
बिहीबारको अन्य खेलमा आइडियल कलेज ‘ए’ चाबहिल रोयल्टी कलेज ‘बि’लाई ३–१ गोलले पराजीत गर्दै विजयी भएको छ । त्यसैगरी टाइम्स कलेजले केयु सिटी कलेज ‘बि’ चाबहिललाई पेनाल्टी शुट आउटमा ३–१ गोलले र कोलम्बस कलेज बानेश्वरलाई विट्स कलेजले २–० गोलले पराजित गरेको छ ।
शुक्रबार इष्टपोल र आइडियल कलेज ‘ए’, टाइम्स कलेज र आइडियल कलेज ‘बि’, केयुसिटी कलेज ‘ए’ र विट्स कलेजबीच खेल हुने छ । त्यसैगरी केब्स ‘ए’ टुसाल बौद्ध र जेम्स कलेज ललितपुरबीच प्रतिस्पर्धा हुने केब्सका प्रिन्सीपल मनोज भट्टराईले जानकारी दिएका छन् ।

प्रतिकृया

Add