नागदहको धोबिमा हाजिरीजवाफ प्रतियोगिता

 शुक्रबार, पुस २८, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिका अन्तर्गत नागदहको झट्टेश्वर माध्यमिक विद्यालय धोबीमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिएको छ ।
सामुदायिक विकास समाज अन्तर्गत आवास पुनःनिर्माण गरियोजना मेडएरले साताब्यापी भूकम्प सुरक्षा दिवस कार्यक्रम अन्तर्गत आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
हाजिरीजवाफ प्रतियोगितामा ६ वटा विद्यालयबाट आधारभूत तहमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय धोबि १८ अंक ल्याएर प्रथम भएको छ । त्यसैगरी भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानी १६ अंक ल्याएर द्दितीय र भृङ्गेश्वर माध्यमिक विद्यालय कोटगाउँ ९ अंक ल्याएर तृतीय भएको छ ।
हाजिरीजवाफ प्रतियोगितमा ७२ वटा प्रश्नहरु सोधिएकामा भट्टेश्वर माध्यमिक विद्यालय धोबि र भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीले समान १५÷१५ अंक साथै भृङ्गेश्वर माध्यमिक विद्यालय कोटगाउँ र रुपादेवि आधारभूत विद्यालयले समान ८ अंक ल्याएपछि पुनः १४ वटा प्रश्न तयार गरि सोधिएको थियो ।
हाजिरीजवाफ प्रतियोगिता सामुदायिक विकास समाज अन्तर्गत आवास पुनःनिर्माण परियोजना मेडएरका म्याजेनर देबराज गौतमले सञ्चालन गरेका थिए ।
प्रश्नहरुको नम्बरिङ्ग गरेर प्रतियोगि विद्यार्थी आफैलाई प्रश्नको नम्बर रोज्न लगाई विद्यार्थीले रोजेको प्रश्न नै सोधिएको थियो ।
“सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार” भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवसलाई लक्षित गरि मेडएरले साताब्यापी बक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता र निबन्ध प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुने प्रतियोगिहरुलाई आगामी माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको दिन आयोजना गरिने कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने पनि परियोजनाले जनाएको छ ।

प्रतिकृया

Add