जेम्स र टाइम्स फाइनलमा प्रवेश

 शनिबार, पुस २९, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


काठमाडौ । कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) टुसालले आयोजना गरेकोे प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनल खेलमा जेम्स र टाइम्स कलेज विजयी भएको छ ।
सेमिफाइनल खेलमा विजयी भएसँगै जेम्स र टाइम्स कलेज फाइनल खेलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनल खेल अन्तर्गत विट्स र जेम्स कलेजबीच भएको खेलमा जेम्स ४–१ गोल अन्तरले विजयी भएको छ ।
जेम्सका लागि तुसार पौडेल, सार्थक श्रेष्ठ, उत्सब ढकाल र रोहन लावतीले गोल गरेका थिए भने विट्सको तर्फबाट केल्साङ्ग लामाले गोल गरेका थिए ।
त्यसैगरी टाइम्स र आइडिएल ‘ए’ कलेजबीच भएको अर्को खेलमा टाइम्स २–१ गोल अन्तरले विजयी भएको छ ।
टाइम्सको लागि अनिश कार्की र किरण लामाले गोल गरेका थिए भने आइडिएल ‘ए’ का सागर तामाङले गोल गरेका थिए । शनिबार भएको खेलमा उत्सब ढकाल र सन्तोष महत म्यन अफ दि म्याच घोषित भएका छन् ।
फाइनल खेल आइतबार हुने कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) टुसालका प्रिन्सीपल मनोज भट्टराईले जानकारी दिएका छन् ।
प्रतियोगिताका विजेताले २५ हजार र उप–बिजेताले १५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया

Add