रोजगारबाट हटाइएपछि सामाजिक परिचालक आन्दोलीत

 शनिबार, पुस २९, २०७४ | onlinenews

रामेछाप । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको राज्यमन्त्री स्तरीय बैठकले सामाजिक परिचालहरु स्वत्त अवकास हुने निर्णय गरेपछि सामाजिक परिचालकहरु आन्दोलीत भएका छन् ।
यही पौष १४ गते बसेको राज्यमन्त्री स्तरीय बैठकले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गतका सामाजिक परिचालकलाई रोजगारीबाट हटाउने निर्णय गरेपछि सामाजिक परिचालक आन्दोलनमा उत्रिएका हुन् ।
रोजगारीबाट नहटाउँन प्रधानमन्त्रीको कार्यालय लगायत सबै सरकारी कार्यालयहरुमा समेत अनुरोध साथै ज्ञापन पत्र पेश गर्दा पनि आपूmहरुको मागको सम्बोधन नभएपछि आन्दोलनमा उत्रनु परेको सामाजिक परिचालकहरुको भनाई छ ।
रोजगारीबाट हटाइएको नेपाल सामाजिक परिचालक कर्मचारी संघले विज्ञप्ति प्रकाशित गरि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
पौष ३० गते टुडिखेलबाट शान्तिपूर्ण ¥याली सुरुभई माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने र माग पूरा नभएसम्म यो क्रम चलिरहँने संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
लामो समयदेखि सामाजिक परिचालको रुपमा काम गर्दै आएका ब्यक्तिहरुलाई एक्कासी रोजगारबाट हटाउँदा उमेरहदलगायत विभिन्न कारणले अन्य रोजगारी नपाउँने अवस्था भएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।
यही पौष २२ गते नेपाल सामाजिक परिचालक कर्मचारी संघलका अध्यक्ष सारिका राईको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारको राज्यमन्त्री स्तरीय बैठकले गरेको सामाजिक परिचालकलाई अवकास गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको थियो ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले पनि सामाजिक परिचालकलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।
राष्ट्रिय जनता पार्टीले विज्ञप्ति जारी गरि सामाजिक परिचालकलाई हटाउँने सरकारको निर्णयको भत्सर्ना गर्दै याथाशिघ्र पुनस्थापना गर्न सरकारसँग माग समेत गरेको छ ।

प्रतिकृया

Add