“मिस ईकलेज २०१८” को पहिलो अडिसन सम्पन

 शनिबार, पुस २९, २०७४ | onlinenews

काठमाडौं । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस्, एसएलसी प्रिन्सेस, मिसेस व्यूटी क्वीन कार्यक्रमको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ ।
सिजन मिडिया प्रा.लि.द्धारा गत ९ वर्षदेखि सञ्चालीत कार्यक्रम अन्तर्गत कलेजमा अध्ययनरत युवतीहरुमा केन्द्रित “मिस ईकलेज २०१८” को शनिबार आठौं संस्करणको पहिलो छनौट सकिएको हो ।
छनौँट कार्यक्रम कमलादिस्थित सिजन मिडियाको कार्यालयमा गरिएको हो । कजेलमा अध्ययनरत युवतीहरुको ब्यक्तित्व विकास, आत्मविश्वासमा अभिबृद्धि, नेतृत्वदायिक क्षमताको विकास, आवश्यकता र मार्गनिर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न कलेजमा अध्ययनरत युवतीहरुलाई उच्च शिक्षा अध्ययनको ला

 

गि सहयोग पु¥याउने र समाज उपयोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउँन सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोजनक संस्थाले जनाएको छ ।
यस मिडियाले ९ वर्षदेखि काठमाडौंमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
आठौंै चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुबाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।
हाल पहिलो अडिसनवाट १५ जना प्रतियोगीहरु समावेश गरिने जनाइएको छ । दोश्रो अडिसनबाट १५ जना छनौट गरी ३० जना प्रतियोगी सहभागी गराइने छ भने आगामी माघ १५ बाट प्रशिक्षण दिइने छ ।
पहिलो चरणको छनौटमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य र मिस ई–कलेज २०१५ की विजेता नितिका कर्मचार्य पहिलो अडिसनको निर्णायक मण्डलमा सहभागी भएका थिए ।
छनौट भएका प्रतियोगीहरुलाई माघ १५ गतेबाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।
सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल, वाल आश्रम आदि मिडिया भिजीट, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् ।
फाल्गुनको पहिलोे साता प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “मिस ई कलेज २०१८” को ताज उपाधि सहित स्कूटर, थाइल्याण्ड भ्रमण र उच्च शिक्षामा छात्रावृत्ति, नेपाल एयर होस्टेज एकाडमीको तर्फबाट एयर होस्टेसको तालिम दिइने छ ।
साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनरअप र सेकेन्ड रनरअपले मोवाइल फोन साथै थाइल्याण्ड भ्रमण, छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया

Add