नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘ख’ को चुनावि समीक्षा, पार्टीभित्र गुट उपगुट कायमै रहेकाले नेताहरुलाई सच्चिन सुझाव

 आइतवार, पुस ३०, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/भ्याली संवाददाता


नेपाली काँग्रेस रामेछापले प्रदेशसभा ‘ख’ को चुनावि समीक्षा गरेको छ । मध्य बानेश्वरको म्यकडोनाल्ड क्याफेमा आयोजना गरिएको बैठकमा नेपाली काँग्रेस रामेछापले चुनावमा हार ब्यहोर्नुको कारणबारे समीक्षा गरेको हो ।
निर्वाचन सम्पन्न भएको डेढ महिनापछि रामेछापको प्रदेशसभा ‘ख’ बाट पराजित भएका उम्मेदवार जितबहादुर थापामगरले आयोजना गरेको समीक्षा बैठकमा निर्वाचनमा पराजय हुनुको कारणबारे समीक्षा गरिएको हो ।
समीक्षा बैठकका सहभागिहरुले नेपाली काँग्रेसमा अझै पनि गुट र उपगुट कायमै रहेको भन्दै नेताहरुले पहिला आपैm र आफैभित्रबाट समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । पहिला नेताहरुलाई सच्चिन पनि बैठकका सहभागिहरुले सुझाव दिएका छन् ।
पार्टीभित्रै एकले अर्काेको अस्तित्व नस्वीकर्ने प्रवृत्तिले गर्दा काँग्रेस पछि परेको पनि बैठकमा सहभागि नेताहरुको धारणा थियो ।
बैठकमा पूर्व पार्टीसभापति रामचन्द्र खड्काले पार्टीले हारे पनि चुनावको बेला जनतासँग गरेको बाचा पूरा गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । पार्टीभित्रको गुबन्दी अन्त्य गर्दै सामूहिक संगठनमा लाग्नुपर्ने पूर्व सभापति खड्काले बताए ।
प्रदेशसभा ‘ख’ का उम्मेदवार समेत रहेका जितबहादुर मगरले एमाले माओवादीबीच गठबन्धन भए पनि काँग्रेसले निर्वाचन हार्नु अस्वभाविक भएको बताए । निर्वाचनमा गठबन्धनको प्रभावले भन्दा पनि जनताले आफ्ना मताधिकार आपूm अनुकूल प्रयोग गर्न नपाउँदा आफ्नो पक्षमा मतपरिणाम उल्टो आएको बताए ।
मत पेटीकामा रहेको मत पट्याइको तरिका सबै एकै खालको थियो । मत पट्याई एकै खालको हुनुभनेको जनता आफैले भोट हाल्न नपाउँनु हो मगरले भने ।
जनताले भन्दा पनि गठबन्धनका कार्यकर्ताले भोट हालिदिएर जनताले मतदानमा आफ्नो विवेक प्रयोग गर्न नपाउँदा आपूmले चुनावमा हार ब्यहोर्नु परेको मगरको भनाई थियो ।
जिल्ला नेता एवं महाधिवेशन प्रतिनिधि भरत चौलागाईले उमेदवारले आफ्नै पार्टीका नेता मिलाउनु पर्ने र नेता नै किन्नु पर्ने अवस्था आएकाले सबै जनतासामू उमेदवार पुग्न नसकेकाले पार्टीले हार ब्यहोर्नु परेको धारणा राखे ।
कार्यक्रममा युवा नेता अर्जुन केसी जिल्ला उपाध्यक्ष जितेन्द्र मोक्तान, जिल्ला पार्टी प्रबक्ता नारायण खड्का, नेताहरु डिकबहादु योन्जन, मुक्त महते बिनिता खड्का, बाबुलाल योञ्जन, नेबिसंघका केन्द्रिय सदस्यद्वय रत्नहरी ढुङ्गेल र कल्पना खड्का, तरुणदल रामेछापका कोषाध्यक्ष योगेश श्रेष्ठ लागायतका नेता कार्यकर्ताहरुको बैठकमा सहभागिता रहेको थियो ।

प्रतिकृया

Add