विदेश जानेको संख्या, घट्दो मृत्यु हुनेसको बढ्दो

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या पछिल्ला वर्षहरुमा घट्दै गए पनि विदेशमा मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा रहेको छ ।
सुरक्षित आप्रवासन परियोजना सामी रामेछापको तथ्यांकअनुसार रामेछापबाट वैदेशिक रोजगारिमा जानेको संख्या घटे पनि वैदेशिक रोजगारिको कारण मृृत्यु हुने संख्यामा भने बृद्धि भएको देखाएको छ ।
वैदेशिक रोजगारिको लागि आर्थिक वर्ष २०७०÷०७१ मा ११ हजार पाँच सयले राहदानी बनाएकामा आर्थिक २०७१÷०७२ मा १० हजार र २०७२÷०७३ मा ८ हजारले राहदानी बनाएको तथ्यांकमा उल्लेख छ ।
तर मृत्यु हुनेको संख्या भने चालू आर्थिक वर्षको ६ महिनामा मात्र ७ जना रहेको छ । ६ महिनाकोबीचमा मृत्यु हुनेहरुमा भलुवाजोर–४ का प्रकाश लामा गुम्देल–४ का मकरबहादुर कामी, भिरपानीका गणेश वि.क, विजुलीकोट–१ का नेत्रबहादुर महतारा, पुरानागाउँ–६ का तिर्थराज आरन, बेताली–४ का कुमार खड्का र नागदह–५ का नेत्र बहादुर मगर रहेका छन् ।
त्यसैगरी दिमीपोखरी–५ का कुशाङ लामाको विदेशमा विरामी भई नेपालमा आएर मृत्यु भएको छ भने प्रिती–७ का शैलेश धनुकेको बुधबारमात्र नेपालमा लास आइपुगेको छ ।
कागजात नमिलेको कारण हिलेदेवि–५ का बमबहादुर तामाङको लाश ५ वर्षदेखि साउँदीमै अलपत्र अवस्थामा रहेको छ । हाल विदेशमा रहेको २५ हजार रामेछापका कामदार मध्य १८ देखि २० वर्ष उमेर समूहरको बढी रहेको सामीको तथ्यांकमा उल्लेख छ । जसमा पनि विदेश जानेमा जनजातिको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।
वेदेशिक रोजगारिमा जानेहरु धेरैजसको मृत्यु आफ्नै कम्जोरीका कारण हुने गरेको पाइएको हेलभेटास स्वीस इन्टरकोअपरेशन नेपाल अन्तर्गत सामी परियोजना रामेछापका संयोजक भोजबहादुर सुनुवारले बताए ।
वैदेशिक रोजगारिमा गएका नेपालीहरु मदिरा र केटीको कारण आपसमा झगडा हुने र आफ्नै साथीहरुले विदेशी प्रयोग गरेर हत्या गराउने गरेको अनुभव सुनाले उनले ।
विदेशमा मृत्यु हुनेहरुको पोसमार्टम गर्दा प्राकृति मृत्यु भनेर बनाउने गरेकाले धेरेले क्षतिपूर्ति समेत पाउँन नसकेको पनि उनले बताए । प्राकृति मृत्य भएकाको कम्पनीले क्षतिपूर्ति दिनुनपर्ने भएकाले पनि धेरैजसको प्राकृतिक मृत्यु भएको पोसमार्टम भएर आउने गरेको उनले बताए ।
विदेश जाने नेपालीहरु विना सुझबुझ जाने भएकाले पनि धेरैले दुःख पाउँने गरेको सुनुवारले बताए । रामेछापको सदरमुकाम मन्थलीमा सूचना तथा परामर्ष केन्द्र भए पनि सूचना केन्द्रमा बोलाए परामर्स दिंदा पनि सुन्न नचाहने र विदेश पुगेर दुःखमा परेपछि मात्र सुचना केन्द्रलाई सम्झने गरेको सामी परियोजना रामेछापका विद्यालय तथा आमसञ्चार कार्यक्रमका संयोजक सागर बस्नेतले बताए ।

प्रतिकृया

Add