आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मेडएर रामेछापले विजुलीकोटमा मनाउँदै

 मङ्लबार, माघ २, २०७४ | onlinenews
Share this

आज २० औं राष्ट्रि भूकम्प सुरक्षा दिवस परेको छ । सामुदायिक विकास समाज अन्तर्गत आवास पुःन निर्माण परियोजना मेडएरले विजुलीटको नागदहमा औपचारिक कार्यक्रमको आयोजना गरि भूकम्प सुरक्षा दिवस मनाउँदै छ ।
लिखु गाउँपालिकामा पुनःनिर्माणको काम गरिरहेको मेडएरले “सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार” भन्ने राष्ट्रिय नाराका साथ मंगलबार भूकम्प सुरक्षा दिवस मनाउन लागेको हो ।
यस अघि मेडएरले साताब्यापी भूकम्प सुरक्षा दिवस कार्यक्रम अन्तर्गत आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ, बक्तृत्वकला, कविता र निबन्ध प्रतियोगिता कार्यक्रम गरेको थियो ।
मेडएरले पुनःनिर्माण गरिरहेको क्षेत्रका ६ वटा विद्यालयहरुलाई सहभागि गराई भूकम्प सुरक्षा सम्बन्धि प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुने प्रतियोगिहरुलाई मंगलबार आयोजना गरिने भूकम्प सुरक्षा दिवसको कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने पनि सामुदायिक विकास समाज अन्तर्गत आवास पुनःनिर्माण परियोजना मेडएरका म्याजेनर देबराज गौतमले जानकारी दिएका छन् ।
विहान ११ गते नागदहको धोबि बजारबाट ¥याली सुरु भई विजुलीकोटको नागिमा पुगेर औपचारिक कार्यक्रम सञ्चालन गरिने परियोजनाले जनाएको छ ।

Share this

प्रतिकृया

Add