हाम्रो काम भाषण गर्ने होइन, काम गर्ने हो : खड्का

 बुधबार, माघ ३, २०७४ | onlinenews

रामेछाप । लिखु गाउँपालिकाका प्रमुख गोबिन्दबहादुर खड्काले जनप्रतिनिधिको काम भाषण गर्ने नभई काम गर्ने भएको बताए । जनप्रतिनिधिको लागि अहिलेको समय जनताको काम गरेर देखाउँने बेला भएको बताए ।
गाउँपालिका प्रमुख खड्काले लिखु गाउँपालिका–४ र बत्ति नपुगेको बिजुलीकोटको काङ्बामा आगामी दुई महिनाभित्र बत्ति बाल्ने बताएका छन् ।
त्यसैगरी टाढाबाट हिडेर विद्यालय जानुपर्ने विद्यार्थीको लागि स्कूल बसको ब्यवस्था गर्ने तयारी भइरहेको पनि खड्काले बताए ।

सामुदायिक विकास समाज अन्तर्गत आवास पुननिर्माण सहायता परियोजना मेडएरले २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई लक्षित गरि सञ्चालन गरेको साताब्यापी कार्यक्रमको समापन समारोहमा बिजुलीकोटको नागीमा आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गाउँपालिका प्रमुख खड्काले लिखु गाउँपालिकाको लागि एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको र बिरामी परेको बेला गाउँपालिकाबासीको लागि एम्बुलेन्स सेवा निःशूल्क प्रदान गरिने पनि खड्काले बताए ।
खानेपानी, सिंचाई र कृषिलाई आधुनिकीकरण गर्नको लागि गाउँपालिकाले योजना निर्माण गरेर अघि बढ्ने बताए । उनले जनताले दिएको मतको कदर गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी लिखु गाउँपालिकाकी उप–प्रमुख दिपशिखा दाहालले २०७२ साल भन्दा पहिला गएको भूकम्पपछि बलियो घर बनाउनु पर्छ भनेर जनचेतना फैलाउन नसक्दा अहिले ठूलो क्षति ब्यहोर्नु परेको बताइन ।
निजी आवास मात्रै नभएर विद्यालय तथा सरकारी भवनहरु साथै अन्य सामाजिक संरचनाहरु पनि भूकम्प प्रतिरोधी बनाउनुपर्ने बताइन । प्राकृतिक प्रकोप मानिसको पहुँच भन्दा बाहिरको कुरा भएकाले जुनसुकै बेला आउँनसक्ने हुँदा बलियो संरचना निर्माण गर्नुपर्ने बताइन ।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष तथा सामुदायिक विकास समाजका कार्यकारी प्रमुख मिलनकुमार घिसिङले भूकम्प प्रतिरोधी घर निर्माण गर्ने काममा हेलचेक्राई गर्न नहुने बताए ।
घर प्राविधिकको सल्लाह अनुसार मात्रै निर्माण गर्न लाभग्राहीलाई आग्रह गर्दैै प्राविधिकको आँखा छलेर रड सानो राख्ने र कम्जोर गह्रो लगाउने जस्ता काम नगर्न पनि अनुरोध गरे ।
भूकम्पले बलियो घर बनाउँन बाध्यतामा पारेको भन्दै बलियो घर बनाएर सधैँका लागि ढुक्क रहन सकिने घिसिङले बताए । लाभग्राहीले प्राविधिकको आँखा छलेर घर कम्जोर बनाउनु हुने हो कि भन्ने आपूmमा चिन्ता रहेको पनि घिसिङले बताए ।
१९९० साल र २०४५ साल लगायतका भूकम्पपछि बलियो घर निर्माण गर्नुपर्छ भन्ने सन्देश स्थानीय तहका ब्यक्तिहरुसँग पु¥याउन नसक्दा भूकम्पबाट पटक–पटक क्षति ब्यहोर्नु परेको घिसिङको भनाई थियो ।
अहिलेको पुस्ताले भावि पुस्ताको लागि समेत बलियो घर बनाउनुपर्छ भन्ने सन्देश दिनुपर्ने घिसिङले बताए ।
त्यसैगरी आवास पुनःनिर्माण सहायता परियोजना मेडएरका म्यानेजर देबराज गौतमले पुनःनिर्माणको क्षेत्रमा रामेछापको बिजुलीकोटलाई नम्बर एक बनाउने बताएका छन् ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्ला मध्य रामेछापको बिजुलीकोट पुनःनिर्माणको काममा निकै अघि रहेको दावि गर्दै भूकम्प प्रभावित जिल्ला मध्य विजुलीकोटमा पुनःनिर्माणको काम पहिलो नम्बरमा सम्पन्न गरेर देखाउँने बताएका छन् ।
भूकम्पीय जोखिमको हिसाबले नेपाल ११ औं स्थानमा र काठमाडौं विश्वकै पहिलो स्थानमा रहेको भन्दै अहिले भइरहेको पुनःनिर्माणले त्यो जोखिमलाई कम गर्नेमा पनि उनले विश्वास ब्यक्त गर्ने ।
विजुलीकोटमा रहेको १ हजार २ सय ६३ लाभग्राही मध्य ९ सय भन्दा धेरै घरहरु पुनःनिर्माणको अवस्थामा रहेको म्यानेजर गौतमले बताए ।
पुनःनिर्माण भइरहेको घरहरु मध्य ३ सय ५० घर निर्माण भइसकेको, ६ सय भन्दाबढी लाभग्राहीले दोश्रो किस्ता पाइसकेको र २ सय लाभग्राही दोश्रो किस्ताको लागि प्रक्रियामा रहेको पनि गौतमले जानकारी दिए ।
पुनःनिर्माणको क्रममा डकर्मी, सामाग्री ढुवानी र निर्माण सामाग्री अभावजस्ता चुनौती ब्यहोर्नु परेको र अहिले पनि ती चुनौतीहरु कामयै रहेको उनले बताए ।
थुप्रै चुनौतीकाबीच पनि अर्मपर्म र पहिँचोबाट कामलाई सहज रुपमा अगाडि बढाइएको गौतमले बताए ।
मेडएरले साताब्यापी भूकम्प सुरक्षा दिवस कार्यक्रम अन्तर्गत आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ, बक्तृत्वकला, कविता र निबन्ध प्रतियोगिता कार्यक्रम गरेको थियो ।
मेडएरले पुनःनिर्माण गरिरहेको क्षेत्रका ६ वटा विद्यालयहरुलाई सहभागि गराई भूकम्प सुरक्षा सम्बन्धि प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुने प्रतियोगिहरुलाई भूकम्प सुरक्षा दिवसमा आयोजीत कार्यक्रमकाबीच पुरस्कार वितरण पनि गरिएको छ ।
भूकम्प सुरक्षा दिवसमा धोबि बजारबाट ¥याली सुरु भई विजुलीकोटको नागिमा पुगेर औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिकृया

Add