ट्याक्टर दुर्घटनामा एकको मृत्यु ३ घाइते

 बुधबार, माघ ३, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ भलुवाजोमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा मन्थली नरपालिका–६ भलुवाजोरकी ३६ वर्षिय सानुमाया तामाङको घटना स्थलमै मृत्यु भएको भने मन्थली– ६ भलुवाजोरकै ३१ वर्षकी पूर्णिमा मोक्तान, कुलबहादुर थोकर र ट्याक्टर चालक लिखु गाउँपालिका–३ का राजकुमार तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिएका छन् ।
निर्माण सामाग्री लिएर भलुवाजोरको कुविन्डेबाट बेतीनी जानेक्रममा ना २ त २६१० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
घाइते मध्य पुर्णिमा मोक्तानको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ट्याक्टर सडकवाट १५ मिटर तल खसेको थियो ।

प्रतिकृया

Add