फर्जि नागरिकता दिएको अभियोगमा अध्यक्ष र सचिव पक्राउ

 बिहिबार, माघ ४, २०७४ | onlinenews

रामेछाप । फर्जि नागरिकता सिफारिस गरेको अभियोगमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवार र सचिव केशरबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ ।
वडाको नागरिक नभएका व्यक्तिलाई नागरिकता दिएको प्रमाणित भएपछि वडा अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको हो ।
झुठो विवरण पेश गरि नागरिकता दिलाउन नक्कली आमा बनेकी भुजी–७ की दुनिमाया सुनुवार, नागरिकता लिने मोरङ जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–१३ गोकर्णेश्वरी बस्ने १८ बर्षका डायमन जोशी र नागरिकता दिलाउन सहयोग गर्ने दुनिमायाकी दिदीको छोरा हरि राइलाई यस अघि नै प्रहरीले पक्राउन गरि किर्ते अन्तर्ग मुद्दा दायर गरिसकेको थियो ।
पक्राउ गरेसँगै वडा अध्यक्ष रुद्रमणी नेवार र वडा सचिव केशरबहादुर खत्री विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अपरिचत व्यक्तिलाई नक्कली छोरा बनाएर दुनिमाया सुनुवारले वडा कार्यालयबाट नागरिकताको लागि सिफारिस लिई आफै साँक्षी बनेर नागरिकता बनाइदिएको खुलेको छ ।

प्रतिकृया

Add