शैक्षिक गुणस्तरमा बृद्धि गर्न एडभान्स चामुण्डा इन्ष्टिच्यूटले एसइई बुस्ट अप गणित परिक्षा लिने

 शुक्रबार, माघ १२, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं । शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उद्देश्यले एडभान्स चामुण्डा (एडी) इन्ष्टिच्यूटले एसइई बुस्ट अप गणित परीक्षा सिजन १० सञ्चालन गर्ने भएको छ ।
शैक्षिक गुणस्तरलाई बृद्धि गर्न र अन्य विद्यालयसँगको सम्बन्धलाई अझ आत्मिय बनाउँने उद्देश्यले परीक्षा सञ्चालन गर्न लागिएको इन्ष्टिच्यूटका म्यानेजिङ्ग डाइरेक्टर दिपक रायमाझीले जानकारी दिए ।
फगुन ५ गते जया मल्टिपल कलेजमा सञ्चालन गरिने परीक्षामा १ सय भन्दा बढी विद्यालयबाट ३ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने परीक्षा समितिका संयोजक शम्भु कार्कीले बताए ।
परीक्षा केन्द्र ५ स्थानमा तोकिएको छ । जसमा थाङ्पालथाप माध्यमिक विद्यालय सि.पा., एभरग्रिन एकेडेमी साँखु, जय मल्टीपल कलेज माकलबारी, केब्स एकेडेमी बौद्ध र लुम्बिनी एकेडेमी चावहिल रहेका छन् ।
त्यसैगरी इष्टपोल माध्यमिक विद्यालय, आकाशदीप माध्यमिक विद्यालय, सेलेब्रसन, रोयल्टी, न्यूमिलिनिय कजेल, केयूसीटी र बज्र कजेल सहयोगिका रुपमा रहेका छन् ।
परीक्षामा उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई नगद पुरस्कार र छात्राबृत्ति प्रदान गरिने पनि सो इन्ष्टिच्यूटले जानकारी दिएको छ ।
पुुरस्कार स्वरुप प्रथम हुनेले ५ हजार, द्धितीयले ३ हजार र तृतीय हुने विद्यार्थीले २ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतिकृया

Add