विषयगत समितिलाई जनतासँग जोडिन गाउँपालिका अध्यक्ष लामाको निर्देशन

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

रामेछाप / सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले गाउँपालिका अन्तर्गतका विषयगत समितिहरुलाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष लामाले विषयगत समितिहरुलाई प्रत्यक्ष जनता लाभान्वित हुने गरि योजना बनाई अगाडि बढ्न आग्रह गरेको सुनापति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।
विषयगत समितिको कार्यक्रमलाई जनतासँगै जोड्दै जनताको आयआर्जनमा बृद्धि गर्ने गरि स्थानीय सरकारले कार्यक्रम बनाउनु पर्नेमा लामाले जोड दिए ।
बिहीबार बसेको गाउँपालिकाको १० औं कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृति धनेन्द्र भुजेलले विषयगत समितिहरु कृषि, पशु सेवा, जनस्वास्थ्य र महिला तथा बालबालिकाको कार्यालयको शाखा कार्यालयको चौमासिक संमीक्षा साथै दोश्रो चौमासिकको स्वीकृत कार्यक्रम सञ्चालनको विषयमा जानकारी गराएका थिए ।
बैठकमा गाउँपालिका उपप्रमुरलगायत कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add