पाँच टिम बाहिरियो लोकतान्त्रिक र नमूनादीपबीच खेल जारी

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताबाट पाँच टिम खेलबाट बाहिरि सेकेको छ ।
सेमिफाइनको खेलबाट बाहिरिनेहरुमा मध्यपश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल, हिमगंगा, पश्चिमाञ्चल रहेका छन् ।
अहिले नमूनादीप युवा क्लव र लोकातान्त्रिकबीच खेल भइरहेको छ । शुक्रबार भएकोे पहिलो खेल सुदर पश्चिमाञ्चलले सोझो सेटमा मध्य पश्चिमाञ्चललाई हराउँदै सुदुर पश्चिमाञ्चल सेमिफाइनमा प्रवेश गरेको हो ।
हिमगंगा र मन्थली यूनाइटेड बीच भएको अर्को खेलमा हिमगंगालाई सोझो सेटमा हराउँदै मन्थली यूनाइटेड सेमिफाइनमा प्रवेश गरेको छ ।
त्यसैगरी पूर्वाञ्चल र शान्तिदीप युवा क्लवबीच भएको खेलमा शान्तिदीप युवा क्लवल विजय हासिल गरि सेमिफाइनमा प्रवेश गरेको छ ।

प्रतिकृया

Add