रामेछापमा घरेलु मदिरा बनाउने कच्चा पदार्थमा मुसा र अखाद्य बस्तु भेटियो

 शुक्रबार, माघ १९, २०७४ | onlinenews
Share this

राजिव कार्की


घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थमा अखाद्य बस्तु मिसाउने गरेको पाइएछि जिल्ला प्रहरी कार्यालय रामेछापले मदिरा नष्ट अभियानलाई तिव्रता दिने भएको छ ।
बिहीबार सदरमुकाम मन्थलीका विभिन्न मदिरा पसलबाट बरामद गरिएको कच्चा पदार्थ नष्ट गर्ने क्रममा कुहिएका फलफूल तथा अखाद्य बस्तुहरु प्रयोग भएको भेटिएपछि प्रहरीले जिल्लाका अन्य क्षेत्रमा पनि मदिरा नष्ट अभियान चलाउने भएको हो ।
रामेछाप प्रहरीले हिजो एकैदिन सदरमुकाम मन्थलीका विभिन्न पसलबाट १ हजार १ सय ५० लिटर घरेलु मदिरा र ८ सय ५० किलो मदिरा बनाउन प्रयोग गरिने कच्चा पदाथ बरामद गरेको थियो ।
बरामद गरिएको रक्सी र कच्चा पदार्थ हिजै नष्ट गरिएको छ । रामेछापमा सञ्चालित केहि पसलहरुले मदिरा विक्रिवितरणको लागि इजाजत लिए पनि अधिकांस पसलहरु विना ईजाजत सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।
अवैध मदिरा नष्ट गर्ने अभियान निरन्तर जारी रहने रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए ।

Share this

प्रतिकृया

Add