प्रहरी निरीक्षक तिमिल्सिना सम्मानीत

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

ईलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनालाई पुरस्कृत गरिएको छ ।
१ सय ६८ किलो ९ सय ग्राम लागू औषध चरेश बरामद गर्न सफल भएको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।
३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेद्धारा पहरी निरीक्षक तिमिल्सिनालाई १ हजार ५ http://www.viagrabelgiquefr.com/ सय रुपैयाँ नगद प्रदान गरि पुरस्कृत गरिएको हो ।
शुक्रबार ईलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट पहरी निरीक्षक सञ्जय तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले धादिङ जिल्लाको गजुरी गाउँपालिका–१ पृथ्वी लोकमार्गमा चेकजाँच गर्ने क्रममा लागू औषध बरामत गरेको थियो ।
गल्छीबाट पश्चिम मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ४३२४ नम्बरको ट्रकको चालक बस्ने क्याबिन भित्र गियर बक्स भन्दा माथि फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा ८ वटा प्लाष्टिकको बोरा र २ वटा स–सानो प्लाष्टिकको प्याकेट गरि १ सय ६८ किलो ९ सय ग्राम लागू औषध चरेश बरामद गरिएको हो ।
लागू औषधसँगै ट्रक चालक ३७ वर्षिय रामकृण्ण श्रेष्ठ र ट्रक पास गराउन स्कर्टिङ गर्ने अन्य ४ जनालाई पनि मोटरसाइकल सहित नियन्त्रणमा लिइएको थियो ।
प्रहरी निरीक्षक तिमिल्सिनाले गरेको उत्कृष्ट कार्यको कदर स्वरुप शुक्रबारै ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक केशरीराज घिमिरेद्धारा पुरस्कृत गरिएको हो ।
तिमिल्सिनालाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
तिमिल्सिना ईलाका प्रहरी कार्यालय भिमान, सिन्धुली दरबन्दी भई ईलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत छन ।
राम्रो काम गर्नेलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरु समेतमा सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढि हौसला अभिबृद्धि हुने ३ नम्बर प्रदेश प्रहरी प्रमुख घिमिरेको विश्वास छ ।

प्रतिकृया

Add