सुदुरपश्चिम बन्यो रामेछाप सिभिल च्याम्पियनशीप २०७४

 शनिबार, माघ २०, २०७४ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको रामेछाप सिभिल च्याम्पियनशीप तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदुरपश्चिमाञ्चलले जितेको छ ।
शान्तिदीप युवा क्लव मन्थली रामेछापलाई २–३ ले हराउँदै सुदुरपश्चिमाञ्चलले रामेछाप सिभिल च्याम्पियनशीप २०७४ को उपाधि उचालेको हो ।
शान्तिदीप र सुदुरपश्चिमाञ्चलबीच फाइनल चरणको खेल भइरहँदा शान्तिदीपका खेलाडीले साँझ पर्र्न लागेको भन्दै खेल स्थगित गर्न माग गरेपछि खेल केहीबेर विवाद समेत भएको थियो ।
अन्तिम चरणको खेल अन्तर्गत तीन पोइन्टको लागि खेल खेलाउँन बाँकी रहँदा शान्तिदीपका खेलाडी पराजय हुनेस्थिति आएपछि उसले खेल स्थगित गर्न रेफ्रिलाई दवाद दिएको थियो ।
रेफ्रिले पटक–पटक खेल मैदानमा प्रवेश गर्न आग्रह गर्दा पनि किचलो गरिरहेपछि शान्तिदीप क्लवबाट सहभागि खेलाडी टिमका लोकेन्द्र गिरीलाई रेफ्रिरे पहेलो कार्ड देखाउनु पर्ने अवस्था आएको थियो ।
शान्तिदीपका खेलाडीले पुनः खेल खेल्न अस्वीकार गरेपछि प्राप्त स्कोरको आधारमा निर्णायकले सुदुरपश्चिमाञ्चललाई विजयी घोषणा गरेको हो ।
शनिबार भएको सेमीफाइनल खेलमा यूनाइटेड समाज मन्थली तृतीय भएको छ भने लोकतान्त्रिक खेलकुद संघ सैपु रामेछापले शान्तोना पुरस्कार प्राप्त गरेको छ ।
तृतीय स्थानको लागि भएको खेलमा २–३ सेटले मन्थली यूनाइटेड समाज विजयी भएको हो । खेलमा प्रथम हुने टिमले १ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यसैगरी द्दितीयले १ लाख नगद शिल्ड मेडल र प्रमाणपत्र, तृतीयले ५० हजार नगद शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । शान्तोना हुने ३५ हजार रुपैयाँ नगद, शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडी पुरस्कार १० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण–पत्र रहेको थियो । उत्कृष्ट खेलाडी पुरस्कार सुदुरपश्चिमाञ्चलका तारा भट्टलाई प्रदान गरिएको छ ।

प्रतिकृया

Add