फागुनको पहिलो हप्ता रामेछापलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

 सोमवार, माघ २२, २०७४ | onlinenews

राजिव कार्की 


रामेछाप जिल्लालाई यही फाल्गुनको पहिलो हप्ता पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका सबै शिशुहरुमा खोपको पहुँच पुगेसँगै जिल्ला स्वास्थ्य कार्यालय रामेछापको व्यवस्थापनमा फाल्गुण २ गते जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी थालिएको हो ।
आर्थिक वर्ष २०७०÷०७१ देखि सुरु भएको पूर्णखोप कार्यक्रम अन्तर्गत रामेछापका सबै नगरपालिका र गाउँपालिकाका वडाहरुले पुर्णखोपयुक्त घोषणाका लागि आवश्यक सबै मापदण्ड पुरा गरिसकेकोले जिल्लालाई नै पूर्णखोप जिल्ला घोषणा गर्न लागिएको जिल्ला पूर्णखोप समन्वय समितिले जनाएको छ ।
जसको लागि आन्तरिक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गर्न सदरमुकाम मन्थलीमा आइतबार खोप समन्वय समितिको बैठक पनि बसेको छ ।
जिल्लाका महिला स्वयमसेविकाहरु, स्वास्थ्यकर्मी लगायतको समन्वयमा १ वर्ष मुनिका बालबालिकाको सुचि अद्यावधिक तथा १२ देखि १३ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षणका क्रममा जिल्लामा खोप लगाउने उमेरका सबै बालबालिकाले सबै प्रकारका खोप पाइसकेको पाइएकाले जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको तयारी गरिएको हो ।
बालबालिकामा रोगहरुको संक्रमण हुन सक्ने भन्दै राज्यले निःशूल्क रुपमा खोपको व्यवस्था गर्दै आइरहेको छ । जन्मेदेखि २ वर्षको उमेरका बालबालिकालाई विसीजि, विसिभि, डिपीडि, सिविडी, पोलीयो, दादुरा, रुवेला, जापनिज इन्सिफ्लाइटिस लगायतका खोपहरु अनिवार्य दिनुपर्दछ ।

प्रतिकृया

Add