रामेछापको गेलुमा सहरी स्वास्थ्य केन्द्रको स्थापना,स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा पाउने

 सोमवार, माघ २२, २०७४ | onlinenews
Share this

राजिव कार्की 


रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप गेलुको सिक्रालमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो ।
वडामा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीय खुसी भएका छन् । गाउँमा रहेका गरिब र बिपन्न बर्गका मानिस अझै पनि आधारभुत स्वास्थ सेवा पुग्न नसकेको अवस्थामा स्वास्थ्य केन्द्र स्थापना भएपछि जनतालाई सहज स्वास्थ सेवा प्रवाह गर्न सकिने मन्थली नगरपालिकाको विश्वास छ ।
साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयबासीको समस्यामा कमी आउने अपेक्षा गरिएको छ ।
शहरी स्वास्थ्य केन्द्रबाट स्थानीय नागरिकले खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, क्षयरोग, कुपोषण, गर्भवति परीक्षण, विभिन्न रोगको परामर्श लगायत सरकारले निःशूल्क प्रदान गरेका सबै किसिमका औषधिहरु निःशूल्क रुपमा पाउनेछन् । वडाभित्रका बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ स्थापित स्वास्थ्य केन्द्रको आइतबार एक कार्यक्रमकाबीच मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गरेका छन् ।

Share this

प्रतिकृया

Add