रामेछापमा २ दिनदेखि टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मारमा

 मङ्लबार, माघ २३, २०७४ | onlinenews

रामेछाप/ नेपाल टेलिकमको सिस्टम अपडेडको कारण रामेछाप बजारका सबै ल्याण्डलाइन टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन अवरुद्ध भएका हुँदा उद्योग, व्यापार, कार्यालय लगायतका सेवाग्राही मारमा परेका छन् ।
नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड मोवाइलमा समेत समस्या आएको छ । हत्तपत्त सम्पर्क नहुने, सम्पर्क भइहाले पनि कुरा नबुझिने र कुरा गर्दागर्दै काटिने जस्ता समस्याले हैरानी भएको सेवाग्राहीको गुनासो छ ।
सिस्टम अपडेड भइरहेको हुँदा जिल्लामा नभई नेपाल टेलिकमको मुख्य कार्यालय काठमाण्डौंबाट नै नेटवर्कमा समस्या आएको टेलिकमका कर्मचारी बिमल काफ्लेले जानकारी दिए ।
अवरु भएको टेलिफोन सेवामा छिटै सहजता आउँने नेपाल टेलीकम रामेछापले जनाएको छ ।

प्रतिकृया

Add