कुमारी एकेडेमी टुसालमा भइरहेको बास्केटबल प्रतियोगिताको ब्याइजतर्फ क्वाटरफाइन र गल्र्सतर्फ सेमिफाइन खेल सकियो

 आइतवार, माघ २८, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल । काठमाडौं


कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालले आयोजना गरेको बास्केटबल प्रतियोगिताको आइतबार भएको खेलमा ब्वाइजतर्फ क्वाटरफाइनल र गल्र्सतर्फ सेमिफाइनल चरणको खेल सकिएको छ ।
सोमबार ब्याइजतर्फ सेमिफाइनल र फाइन खेल हुने छ भने गल्र्सतर्फ फाइनल खेल हुनेछ ।
आइतबार भएको खेलमा सिनियर ब्वाइजतर्फ आयोजक कुमारी एकेडेमी ‘ए’ भेनस स्कूललाई १७–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने कुमारी एकेडेमी ‘बि’ चिल्डे«न लिवर्टीलाई ११–८ ले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।
त्यसैगरी बुद्ध एकेडेमी बुद्धप्रकाशलाई १२–१० ले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ भने नवज्योति ग्रिनतारालाई १४–६ ले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।
सोमबार हुने सेमिफाइनल खेलमा कुमारी एकेडेमी ‘ए’ र कुमारी एकेडेमी ‘बि’ त्यसैगरी नवज्योति र बुद्ध एकेडेमी भिड्ने छन् । फाइनल खेल पनि सोमबार नै हुने छ ।
आइतबार भएको सिनियर गल्र्सतर्फ बाबा बोर्डिङ्ग स्कूल कुमारीलाई १३–९ ले पराजित गर्दै फाइनलनमा प्रवेश गरेको छ । त्यस्तै यूनिभर्सल स्कूल हिम्सलाई ११–२ ले पराजित गर्दै फाइनमा प्रवेश गरेको छ भने उपाधिको लागि सोमबार बाबा र यूनिभर्सल भिड्ने छन् ।
त्यस्तै जुनियर ब्याइजतर्फ भएको अर्को खेलमा बाबा, त्रिज्योति, नबज्योति र रेडन सेमिफाइनमा प्रवेश गरेको छ । सेमिफाइनल र फाइनल खेल सोमबार हुने छ ।

प्रतिकृया

Add