सुनापति–३ का महिलालाई ४५ दिने तालिम सुरु

 शुक्रबार, फाल्गुन ४, २०७४ | onlinenews

रामेछाप / रामेछाप जिल्लाको सुनापाति गाउँपालिका–३ का महिलाहरुको लागि शीपमूलक सिलाई हाते होजियारी तालिम बिहीबारबाट सुरु भएको छ ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका निमित्त प्रमुख रमेश थापाले गरेका हुन् ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सुनापति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले बताए । ४५ दिनसम्म सञ्चालन हुने सो तालिममा सुनापति गाउँपालिका–३ का ३० जना महिलाहरुको सहभागिता रहेको पनि उद्घाटन कार्यक्रमका विशेष अतिथि समेत रहेका थापाले जानकारी दिए ।
तालिम उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग विकास समितिका निमित्त प्रमुख रमेश थापाले महिलाको सीप विकास र ब्यवसायिकताको लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट सहयोग जुटाई हिलेदेविलाई जिल्लाकै नमूना वडाको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए ।
सो तालिमको लागि घरेलु तथा साना उद्योग विकास समिति रामेछापले आर्थिक सहयोग गरेको छ । त्यसैगरी न्यायिक सञ्चारले पनि कार्यक्रमको लागि आर्थिक सहयोग गरेको गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।
तालिम उद्घाटन कार्यत्र mममा सुनापति गाउँपालिका–३ का वडा अध्यक्ष बाबुराम तामाङले वडाको महिलाहरुको सीप र क्षमता विकासको लागि वडाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया

Add