एम्वुलेन्स भएपनि पुल नबन्दा विरामी स्टेचरमा बोक्नपर्ने बाध्यता

 आइतवार, फाल्गुन ६, २०७४ | onlinenews

जुम्ला । एम्वुलेन्स भए पनि जुम्लाको पातासारी गाँउपालिकाका नागरिक विरामीलाई स्टेचरमा बोक्न बाध्य छन् । उर्थु चौताराको पुल नबन्दा पातासारी गाँउपालिकाका नागरिक विरामीलाई स्टेचरमा बोक्न बाध्य भएका हुन् ।
जुम्ला बजार क्षेत्र र पातारासी गाँउपालिकालाई जोड्ने जवा नदी माथिको उर्थु चौताराको पुल समयमा नबन्दा एम्वुलेन्स खोला पारी नै थन्किएको छ ।
सडक पुगे पनि पुल नबन्दा पातारासी गाँउपालिकाका नागरिक विरामीलाई स्टेचरमा नै बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याउन बाध्य रहेको स्थानीय धर्म सिंह बोहोराले बताए ।
पुल नहुदाँ एम्वुलेन्स खोलपारी जाननसक्ने भएकाले विरामीलाई स्ट्रेचरमा ल्याउँदा बाटोमै ज्यान जानसक्ने अवस्था सिर्जना भएको स्थानीय कमला बुढाले बताए । मोटर बाटो गाँउसम्म पुग्दा खाद्यान्न तथा निर्माण सामाग्री ल्याउनको लागि सुविधा भए पनि विरामी पर्दा अझै पनि डोको र स्टेचरमा बोक्नु पर्ने बाध्यता नहटेको स्थानियको गुनासो छ ।
पातारासी गाँउपालिकाका स्थानीयबासीले विरामीलाई एक दिन बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराउँर्दै आएका छन् ।

प्रतिकृया

Add