इरानमा विमान दुर्घटना हुदाँ ६६ जनाको मृत्यु

 आइतवार, फाल्गुन ६, २०७४ | onlinenews

इरानमा एक विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । असेमन एयरलाइन्सले आफ्नो विमान दक्षिणी इरानमा दुर्घटना भएको र सबै यात्रीको मृत्यु भएको जनाएको छ । एयरलाइन्सका प्रवक्ता मोहम्मद ताघी टाबाटबइले इरानको टेलिभिजनलाई दिएको जानकारीअनुसार विमानमा सवार सबैको मृत्यु भएको छ । को विमानमा ६० यात्री, दुई सुरक्षाकर्मी र चालक दलका चार सदस्य सवार थिए । उडान भरेको केही बेरमै सो विमान राडारबाट गायव भएको थियो । समाचार एजेन्सीका अनुसार विमान इस्फहान प्रान्तको सेमिरोम सहर नजिकै पहाडी क्षेत्रमा दुर्घटना भएको हो । उद्धारका लागि पठाइएको एउटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेको जनाइएको छ ।

प्रतिकृया

Add