सुनापतिले गठन ग¥यो शिक्षा र परीक्षा समिति

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews

सुनापति गाउँपालिकाले शिक्षा र परीक्षा समिति गठन गरेको छ । सुनापति गाउँपालिकाको ११ औँ कार्यपालिकाको बैठकले गाउँपालिका स्तरमा शिक्षा र परीक्षा समिति गठन गरेको हो ।
बैठकले ११ सदस्यीय शिक्षा समिति र ५ सदस्यीय परीक्षा समिति गठन गरेको छ । बैठकले दुवै समितिको संयोजकमा धावा लामालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा नेमा लामा, रजनी लामा, सुनिता रोक्का, रिता धमाला, धनेन्द्र भुजेल, विवि तामाङ खड्ग घिसिङ, कृष्णकुमार योञ्जन र विष्णु तोलाङ्गे रहेका छन् भने सदस्य सचिवमा सत्यनारायण महतो रहेको सुनापति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।
त्यसैगरी परीक्षा समितिको संयोजकमा पनि धावा लामा नै रहेका छन् । परीक्षा समितिको सदस्यहरुमा धनेन्द्र भुजेल, खड्ग घिसिङ्ग रहेका छन् । समितिको सदस्यमा बेथा प्रहरी चौकीका प्रतिनिधि पनि रहेको छ भने सदस्य सचिवमा डम्बरबहादुर कार्की रहेका छन् ।

प्रतिकृया

Add