गुन्सीमा सातदिने व्यवसायिक तालिम सुरु

 शुक्रबार, फाल्गुन ११, २०७४ | onlinenews

रामेछाप/ रामेछापको सुनापाति गाउँपालिका–१ गुन्सी भदौरेको शतलिंङ्गेश्वर माध्यमिक बिद्यालयमा सातदिने व्यवसायिक तालिम उद्घाटन गरिएको छ ।
तालिममा व्यवसाय सुरु गर्न लागेका तथा सुधार गर्नका उद्देश्य लिएका गुन्सीका २२ जना उद्यमी सहभागि भएका छन् ।
जिल्लामा सञ्चालीत सबल परियोजनाको आर्थिक सहयोग तथा पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहजिकरणमा सञ्चालन गरिएको हो ।
तलिमको उद्घाटन सुनापाति गाँउपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाइले गरेका थिए । तालिम उद्घाटन क्रर्यक्रमलाई संवोधन गर्दै वडा अध्यक्ष चौलागाइले सहभागिहरुलाई सफलताको शुभकामना दिएका थिए ।
उद्यमी बन्ने उद्देश्यले तालिममा सहभागि हुन आएकाहरुलाई राज्यको तर्फबाट गर्नुपर्ने सहयोगका लागि कञ्जुस्याई नगरिने बताएका छन् । वडा अध्यक्ष चौलागाईले ब्यवसायिक योजना सहित कार्यालयमा आए योजनाका आधारमा उद्यमीलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
व्यवसाय सञ्चालन गरेका उद्यमीहरुको व्यवसायलाई प्रबद्र्धन गर्ने र नँया उद्यमीहरुलाई व्यवसाय सुरु गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको रोजगार तथा व्यवसाय अधिकृत गोकुल भुजेलले जानकारी दिए ।
तालिम यही फाल्गुण १७ गते सम्म चल्नेछ । तालिमको सहजीकरण सवल कार्यक्रम अन्र्तगत पहाडि समाज कल्याण केन्द्र दोरम्वा र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका रोजगार तथा व्यवसाय अधिकृत गोकुल भुजेल र उद्यम विकास सहजकर्ता कल्पना राईले गरिरहेका छन् ।

प्रतिकृया

Add