प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
बसेरीको रनवन डुलेर दुःखी जीवनको ६१ वर्ष नवित्दै आँखा धमिलो भयो । उसै त थामी जाति पछि परेको । न पढाई, न औषधीउपचार न सदरमुकाम देख्नु । गिठ्ठा भ्याँकुर अनि खोलाको पाहा (भ्याकुतो जातको) खोजेर वित्यो उमेर । ५ सन्तान बनीबुतो गरी दुःख गरेर हुर्किए । बस्तु पाल्यो, घाँस दाउरा ग¥यो । मेलापात गयो । तर के भो के, बादी थामिले भनिन् ४÷५ वर्ष जति भयो आँखा धमिलो देखिन्छ । हिड्न डुल्न पनि गाह्रो भएको छ । केहि चिज छुट्याउन पनि हम्मेहम्मे भएको छ । अब यत्तिकै हुन्छ जस्तो भ’थ्यो मलाई त । खाँडादेवी गाउँपालिका–७ बसेरीकी बादी थामीको भनाई हो यो ।
उनको कथा अलि फरक छ । जाडो भर्खर सुरु भएको थियो । नातिलाई अलि सन्चो भएन । धामी र लामालाई देखाएँ । समुहमा छलफल हँुदा निमोनिया रुघाखोकीको बारेमा सुनेकी थिएँ । नाति लिएर स्वास्थ्य चौकी गएकी थिएँ, त्यहाँ त आँखा जाँच्दै पो रछन् । एक जना बाबु आएर एक पटक देखाउनु त भन्नु भयो । म पनि लाइन बसे र जचाँए पनि । अम्मै ! मलाई त मोतिविन्दु पो भएछ । म त मरे जस्तै भएँ । मोतिविन्दु भनेको के हो थाहै थिएन । एक छिन त म झस्किए । रुन मन पो लाग्यो । सबैले संझाए तर कसरी जाने मन्थली आजसम्म गाको पनि छैन । पैसा पनि छैन । कसले पु¥याइदिन्छ ? श्रीमान्लाई पनि त्यति सबै थाहा छैन । के गरुँ गरुँ भयो । बादीले आफ्नो समस्या बेलिविस्तार लाइन ।
सामुदायिक विकास समाजद्वारा सञ्चालीत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले उनको समस्या समाधान गरिदियो । फेरि खाँदा देख्छु भन्ने उनको आशा मरिसकेको थियो । तर उनी आज आँखा देख्न सक्ने भएकी छन् । नयाँ जीवन पाएकी छिन् थामीले । मन्थलीमा भएको निःशूल्क आँखा शिविरमा घरदेखि ल्याउने, बस्ने र खाने व्यवस्था समेत परियोजनाले गरेपछि ढुक्क भयो उनलाई । तर, डर भने भइरह्यो । मोतियाविन्दुको शल्यक्रियापछि पुनः आँदा देख्नसक्ने भएकी थामी खुसी छिन अहिले । मेरो त चोला नै बदलियो–थामी भन्छिन् ।
थाहा भएन, थाहा पाएपछि उपचार गरे त राम्रो हुने रछन् नि गाँठ्ठे । म त अब अरुलाई पनि अस्पताल जान सल्लाह दिन्छु थामी भन्छिन् । फेरि पनि यस्तो गरिब, अन्धा, अपाङ्गको सेवा गर्नु है । खुशीले हाँस्दै भन्छिन् थामी । अब त राम्ररी आँखा देख्छु, नातिनातिना खेलाउँछु । बस्तुभाउ, बाख्रा समेत हेर्छु । धन्य होस् बाबुनानीहरुलाई ।