हट्यो अन्धकार,अब देख्न सक्छु संसार ……..

 शनिबार, फाल्गुन १२, २०७४ | onlinenews
Share this

मसिना तामाङ तीन सन्तानकी आमा भएर बेसहरा जस्तै छिन् । २ छोराले छाडेर सहर गए । घरमा साथ दिने १ छोरी पनि सुस्तमनस्थितिकी छिन् । यो बेदना हो, सुनापति गाउँपालिका–५, खनियापानीकी ९१ वर्षिया मसिना तामाङको । उनी गाउँमा सञ्चालीत विभिन्न समुह र संस्थामा सक्रिय थिइन् । “बुढ्यौली पनि बढ्यो, आँखा पनि नदेख्ने भएँ, त्यसैले सबै छोडिदिएँ”–आँखा मिच्दै भन्छिन् । माया गर्ने श्रीमान्ले छोडेर गए, छोराबुहारी पनि टाढा छन् । झन आँखा नदेख्ने भएपछि कस्तो हालत होला ।
पिएसएफ लक्जेम्बर्गको आर्थिक सहयोग तथा टिडिएच् जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा सञ्चालीत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले खनियापानीलाई २०७३ चैत्र देखि आफ्नो कार्यक्षेत्र बनाएको थियो । स्वास्थ्य र सरसफाइको क्षेत्रमा दीगो सुधार ल्याउने परियोजनाको उद्देश्य अनुसार २०७४ पौष ०२ गते खनियापानी स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन ग¥योे । गाउँमै आँखा जचाएपछि मोतियाविन्दुले आँखा नदेख्ने भएको थाहा भयो, मसिनालाई । अब के गर्ने आत्तिदै जीवन गयो भनि रुन दिन वित्न थाल्यो उनको । आँखा स्वास्थ्य कार्यकर्ता र परियोजनाका कर्मचारीले निःशूल्क मोतियाबिन्दु शल्यक्रिया गर्ने, खाने बस्ने र यातायातको सुविधा पनि छ भनेपछि आशा जागेको तामाङ बताउँछिन् । मसिनाको एउटा आँखा नदेखेको १२ वर्ष भएको थियोे ।
परियोजनाको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र सामुदायिक आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा तामाकोसी सेवा समिति मन्थलीमा भएको शिविरमा २ सय ८ जना मोतियाविन्दु भएका विरामीको शल्यक्रिया भयो । शल्यक्रियापछि संसार उज्यालो देखेपछि मसिना तामाङको बाँच्ने आशा जागेको छ । बुढ्यौली भए पनि समाजका लागि केहि गर्ने उनीमा जोस छ । अब त बाँच्न पनि मन लागेको छ उनले भनिन् । आफँै खान, चर्पी जान सक्ने भएपछि त खुशी लागेको छ । जय जय होस् संस्थाका नानीबाबुहरुको, आशिष दिदै मसिनाले हर्षका आँशु बगाउँदै थपिन्– “मजस्ता अरु आमाहरुको पनि सेवा गर है ।”

Share this

प्रतिकृया

Add