चर्चित लोकदोहोरी गायक प्रकाश कटवाल र सिर्जु अधिकारीको बैँस हेर्नुहोस्

 आइतवार, फाल्गुन १३, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल । काठमाडौं


चर्चित लोकदोहोरी गायक प्रकाश कटवालको पछिल्लो म्यूजिक भिडियो बजारमा आएको छ । लोकदोहरी गायक प्रकाश कटवाल र गायिका तथा मोडल सिर्जु अधिकारीको “छेकेन जामाले” बोलको लोकदोहोरी गीत बजारमा आएको हो ।
प्रकाश कटवाल र सिर्जु अधिकारीको स्वर रहेको “छेकेन जामाले” गीतको लय र शब्द गायक प्रकाश कटवालकै रहेको छ । गीतको म्युजिक भिडियोमा बिक्रम चुहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काले छयाङकन र मिलन बि.क.को सम्पादन रहेको छ ।
सो म्युजिक भिडीयोमा गायक प्रकाश कटवाल, सिर्जु अधिकारी र सन्ध्या बुढा (काउलीबुढी) को कमेडी अभिनय रहेको छ । रामेछापमा जन्मिएका प्रकाश कटवाल पछिल्लो समय लोकदोहोरी गीतको माध्यमबाट बजारमा चर्चामा छन् । कटवालले माया पिरती साथै सन्देशमूल लोकदोहोरी गीतहरु पनि प्रसस्तै लेख्दै र गाउँदै आएका छन् ।
“छेकेन जामाले” भिडीयो हेर्नुहोस्

प्रतिकृया

Add