सडक कालोपत्रे भयो तर भाडा घटेन

 सोमवार, फाल्गुन १४, २०७४ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको मन्थली–रामेछाप सडक खण्डको कालोपत्र गर्ने काम करिब सकिएको छ । सडक कालोपत्रेको काम सकिए पनि पनि रामेछापको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्मको सवाडी भाडा भने कच्चि सडक हुँदा लिनेगरेकै भाडा दर कामय छ ।
सडक कालोपत्रे भइसक्दा पनि सवारी भाडा दर नघटाइँदा यात्रु मारमा परेको रामेछाप नगरपालिका–७ का वडा अध्यक्ष समिर कार्कीले बताए ।
१४ किलोमिटर दुरी रहेको रामेछाप–मन्थली सडक खण्डको भाडा यातायात ब्यवसायीले परब्यक्ति एक सय रुपैयाँ असुल्दै आएको छ । सडक कालोपत्रे हुनु पहिले पनि सो सडक खण्डको भाडादर एक सय रुपैयाँ नै थियो ।
त्यस सडक खण्डमा चल्ने निशान भगवती यातायात, नौलो सुपर सिटि यातायात, सिटी भिलेज यातायात लगायतका साना सवारी साधनले पनि मनपरी भाडा असुल्ने गरेको स्थानीयको गुनासो छ ।
रामेछाप बजारबाट मन्थली जाने सवारी साधनहरु बिहानको समयमा मात्र जाँदा काम विशेषले मन्थली जानुपर्दा सवारी साधन नपाइने र महत्वपूर्ण काम समेत छु्टने गरेको रामेछाप नगरपालिका ७ कि तुलसा कार्कीले गुनासो गरिन ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानले भने यातायात ब्यवसायी र जनप्रतिनिधिको बीचमा छलफल गराएर छिट्टै भाडादर समायोजन गरिने बताएका छन् ।

प्रतिकृया

Add