जनताको सेवा गर्नु बाहेक मेरो कुनै स्वार्थ छैनः मगर

 बुधबार, फाल्गुन १६, २०७४ | onlinenews

गम्भीर वि.क.


रामेछाप/ रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ले जनताको सेवा गर्नु बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताए ।
‘मेरो चाहना जनताको सेवा गर्ने हो र वडा अध्यक्षको हैसियतले आफ्नो वडालाई समृद्ध र सक्षम बनाउने हो’ उनले भने ।
राष्ट्रवादी नेताको रुपमा चिनिने लालबाबु पण्डितले राम्रो काम गरेर जसरी नाम कमाएका छन्, म पनि त्यसैरी नै काम गरेर देखाउँन चाहन्छु, अध्यक्ष मगरले भने ।
समाजको लागि राम्रो काम गरेर वडालाई समृद्ध वडा बनाउने आफ्नो उद्देश्य रहेको मगरले हाम्रो अनलाइन न्यूजलाई बताए ।
गौश्वारा जिल्लाकै पिछडिएको ठाउँ भए पनि आफ्नै कार्यकालमा समृद्ध गौश्वारा बनाएर देखाउँने पनि उनले बताए ।
समृद्ध गौश्वार बनाउने आफ्नो अभियान अन्तर्गत अहिले, सडक, विद्यालय स्वास्थ्य संस्था लगायका विकास निर्माणको कामले तीब्रता पाएको पनि मगरले बताए ।
पाँच वर्षमा गौश्वारालाई जिल्लाकै नमूना वडाको रुपमा स्थापित गर्ने उनको भनाई छ ।
सोही योजना अनुसार मध्यपान, ध्रम्रपान सेवन र जुवातास मुक्त अभियान सञ्चालन गरिएको पनि मगरले बताए ।

प्रतिकृया

Add